धरान: नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भारतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको बताए । संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि डा.अधिकारीले जानकारी दिएका छन् ।