धरान: धरान जेसिजको आयोजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धरान १२ स्थित अमान बजारमा भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको आयोजक संस्था धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार आज विश्व रक्तदाता दिव पनि हो । लकडाउनको कारण रक्तदान कार्यक्रमहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार गर्न आउने विरामीहरु समस्यामा परेकोले आकस्मिकरुमपा कार्यक्रम गरिएको अध्यक्ष निरौलाले बताए । ‘यो हाम्रो आकस्मिक कार्यक्रम हो, जम्मा १०२ पिन्ट रगत संकलन भयो,’अध्यक्ष निरौलाले भने,‘कतिपयले रक्तसञ्चार केन्द्रसँग समन्वय गरेर रक्तदानस्थलबाट नै रगत लिएर पनि गए ।’
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सुनसरीको वीपी प्रतिष्ठानस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रमको प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा रहेका थिए भने कार्यक्रम संयोजक आयुष श्रेष्ठ रहेका थिए । कार्यक्रममा अध्यक्ष निरौला, प्रमुख अतिथि थापा र निवर्तमान अध्यक्ष मनिष शाहीले मन्तव्य व्यक्त गरेका थिए ।