धरान: धरानमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान १० स्थित विजयपुर हस्पिटलमा उपचाररत ६७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी धरान १५ निवासी व्यवसायी हुन् । निमोनिया भएपछि उनलाई विजयपुर हस्पिटल भर्ना गरिएको थियो । उनको स्वाब मंगलबार वीपी प्रतिष्ठानको हेल्थ डेस्कमा संकलन गरिएको र आज दिउँसो रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार संक्रमित व्यक्तिलाई अहिले विजयपुर हस्पिटलबाट वीपी प्रतिष्ठान लैजाने तयारी भइरहेको छ ।