धरान: आफ्नो झट्केलो छोरीलाई जर्बजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ ।
सुनसरीको रामधुनी नगरपालिका ८ तीनकुने घर भएपनि इनरुवा ३ मा डेरामा बस्दै आएका ३५ बर्षीय एक व्यक्ति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले आइतबार ती व्यक्ति पक्राउ परेको जानकारी दिए पनि उनको परिचय भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार जेठ ५ गते आमा निदाएको मौका पारी ९ बर्षीय छोरीलाई करणी प्रयास गरेका थिए । घटना पछि उनी फरार थिए ।
पहिलो श्रीमान् पटीकी ९ बर्षीय कान्छी छोरी आमालाई भेट्न घर आएकी थिइन् । उनी आमासँगै एक सातादेखि बस्दै आएको बेला यो घटना भएको थियो । घटना पछि फरार भएका आरोपीलाई आज बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा ८ स्थित बङ्कुल्वा पुर्वी टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम म्याद थप गरि अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।