धरान: शनिबार साँझ ताप्लेजुङ जिल्लामा मुक्कुम्लुङ संरक्षणकारीहरुमाथि सशस्त्र प्रहरीले गोली चलाएर घाइते बनाएपछि आइतबार धरानमा पनि विरोध प्रर्दशन भयो । 

भानुचोकमा भएको विरोध प्रर्दशनमा वक्ताहरुले घटनाको चर्को निन्दा मात्र गरेनन्, ताप्लेजुङलाई नाकाबन्दी गर्ने, सिंहदरबार घेर्न जाने चेतनावनी दिदै गृहमन्त्री रमेश लेखकको राजिनामा पनि मागेका थिए । विरोध प्रर्दशनको अन्त्यमा गृहमन्त्री लेखकसहित केवलकार बनाउने व्यापारी चन्द्र ढकाल, ताप्लेजुङबाट निवार्चित संघीय सांसद योगेश भट्टराई, फुङलिङका मेयर अमिन मादेन र सिडिओ नेत्रप्रसाद काफ्लेको तस्बिर जलाएका थिए । जलाउनुअघि आन्दोलनकारीहरुले तस्बिरमा थुकेका पनि थिए ।

mukkumlung5

पवित्र मुन्धुमीस्थल मुक्कुम्लुङ क्षेत्रमा केवलबार बनाउन तम्सिने र शनिबार साँझको घटना हुनुमा उनीहरुको अह्म भुमिका भएकोले तस्बिर जलाइएको पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीले बताए । भानुचोकमा आयोजित विरोध कार्यक्रममा लावतीसहित किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपसचिव डा.योगेन्द्र पालुङ्वा, जनमुक्ति पार्टीका युवा नेता विष्णु थाम्देन, जसपा धरानका अध्यक्ष ताजुब लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय महिला मञ्चकी अध्यक्ष सरस्वती सुब्बा, किराती राष्ट्रिय मुक्ति मोर्चाकी अध्इक्ष सुनिता किराती, आदिबासी जनजाति महासंघ धरानका अध्यक्ष सुवास हुक्पाचोङवाङ लगायतले बोलेका थिए ।

वक्ताहरुले राज्यले मिलेमतोमा व्यापारीलाई पोस्ने गरि केवलकार बनाउन अनुमति दिएको र व्यापारीको संरक्षण गर्दै निहत्था जनतामाथि बर्बर दमन गरेको बताएका थिए । उनीहरुले मुक्कुम्लुङ संरक्षण आन्दोलन सशक्त बनाउने र केवलकार निर्माणको निर्णय खारेज गराएरै छोड्ने बताएका थिए । 

भिडियो :

भिडियो :

भिडियो: