धरान: माघ दोस्रो साता प्रवेश गर्दैगर्दा धरानमा चिसो र हुस्सु बढ्दै गएको छ  यस्तो बेला बिहानै तातो चिया पिउने सबैको मन हुन्छ । 

चिसो मौषममा एक कप मात्र होइन, चियाका पारखीहरु गफिदै थुप्रै कप चिया पिउछन् । यस्तोमा शुक्रबार बिहान भने धरानको भानुचोकमा एक कप चिया पिउने बिशेष कार्यक्रम भयो । लागुऔषध दुव्र्यसनमा फसेका विपन्न बालबालिकाहरुलाई उपचार गराउने उद्देश्यले एक कप चिया पिउ कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रमको उद्घाटन धरानका मेयर हर्कराज राई (साम्पाङ)ले गरेका थिए । एक कप चिया वापत सर्वसाधारणले इच्छाअनुसार रकम डोनेसन बक्समा हालेका थिए । 

one cup tea2

होप धरान, वरगाछी महिला समुह धरान ८, सुनौलो सक्षम महिला समुह धरान ११, सेराजिम सेन्टर र रिलायवल नेपाल लाइफ इन्सुरेन्स धरान शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो । बिहान ९ बजेदेखि शुरु भएको कार्यक्रम बेलुकी ४ बजेसम्म रहने कार्यक्रम संयोजक एवं सेराजिम हेल्थ केयर धरानकी सिइओ करुणा आचार्जुले बताइन् ।

मेयर साम्पाङले दुव्र्यसनमा फसेकालाई सुधार गर्न बजेट नै व्यवस्था गरेपनि लोकलाजको कारण सहयोग लिन कोही पनि नआएको बताए । दुव्र्यसनमा फसेकालाई सुधार गर्न नागरिक समाजको अह्म भुमिका हुने भन्दै मेयर साम्पाङले सबैले सहयोग गर्नुपर्ने बताए । एक कप चिया बिक्री अभियान रचनात्मक भएको र राम्रो परिणाम आउने अपेक्षा व्यक्त गरे । 

one cup tea1

होप धरानका अध्यक्ष निश्चल पलिखेका अनुसार एक कप चिया बिक्री गरेर संकलन भएको रकम ५ वटा संस्थाको समन्वयमा राखिने बताए । साथै, १८ बर्ष मुनिका लागुऔषध दुव्र्यसनमा फसेका बालबालिकाहरुको पहिचान गरेर निःशुल्क उपचार गराउने पनि पलिखेले बताए । 

भिडियो: