धरान: महिला संजाल धरानको ७ औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । 

शनिबार धरान ८ स्थित यलम्बर सामुदायिक वनमा सम्पन्न अधिवेशनबाट सावित्री ईवारमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सञ्जालमा ७ पदाधिकारी र ६ सदस्य सहित १३ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । 

अधिवेशनबाट उपाध्यक्षमा शकुन्तला भुषाल र कल्पना शेर्पा निर्विरोध चयन भएका छन् भने सचिवमा ईन्द्रकला राई पुनः दोहोरिएकी छिन् । सह सचिवमा निर्मला नेपाल शर्मा र कमला लिम्बू, कोषााध्यक्षमा शिखा चेम्जोङ पनि सर्वसम्मत चयन भइन् । 

यसैगरि, सञ्जालको सदस्यहरुमा मनिता चाम्लिङ, ज्योति लिम्बू मेन्याङबो, शान्ता अधिकारी, उत्तर कुमारी शाक्य, विद्या देवान र सीतादेवि विश्वकर्मा रहेका छन् । निर्वाचन कमिटिमा सल्लाहकार विष्णु बराल ,पुर्व अध्यक्ष शिला बज्राचार्य र सबिता राई रहेका थिए ।

प्रमुख अतिथिमा उपमेयर बेघा,  ७ वटा दियो बालेर उद्घाटन

sanjal2 copy

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्रविक्रम वेघा र संजालका पुर्व अध्यक्षहरुले ७ वटा दियो संयुक्तरुपमा बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि बेघाले हिंसा, शोषण र दमनमा परेका महिलाहरुको आवाज महिला संजाल बन्न सफल भएको भन्दै प्रशंसा गरे । अन्याय, अत्याचार गर्ने पीडकको मनमा महिला संजाल भन्दा ढ्याङ्ग्रो बज्ने गरेको खुलाउदै उनले महिला संजाललाई हालको अवस्थासम्म आउन थुप्रै चुनौतिहरुसँग जुध्नु परेको पनि बेघाले बताए । 

उनले महिला संजाल महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको छाता संगठनको रुपमा नेतृत्व गर्ने मात्र नभई शक्तिकोरुपमा स्थापित भईसकेको पनि बताए । कार्यपालिका सदस्य तथा समाजिक विकास महाशाखा संयोजक सृजना सुवेदीले महिला संजालको मर्म बमोजिम अघि बढ्ने कुरामा ध्यान दिन आग्रह गरिन् । उनले संजालमा आवद्व संस्थाहरुले आफ्नो संस्थाहरुको नविकरण अनिवार्य गर्नुपर्ने बताइन् । 

sanjal3 copy

अधिवेशनको पहिलो सत्रमा सचिव ईन्द्रकला राईले प्रतिवेदन र तत्कालिन कोषाध्यक्ष कल्पना शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पुर्व अध्यक्षहरुको तर्फबाट निवर्तमान अध्यक्ष चेतना श्रेङले महिला संजालको कार्यलय नहुदा भोगेका अप्ठ्यारा समय सम्झिएकी थिइन् । भवन नहुँदा भोगेको पीडाले नै भवन बनाउने सोच आएको र हाल धरान १३ मा वडा अध्यक्ष नेत्र काफ्लेसँग पहल गर्दा वडा कार्यालयद्वारा जग्गा उपलब्ध भएपछि एक तल्ले भवन निर्माण गर्न सफल भएको जानकारी दिइन् ।

सातौ अधिवेशनबाट निवार्चित पदाधिकारीहरुको पदास्थापना आफ्नै भवनमा गर्ने पनि उनले बताइन् । महिला संजालको भवन निर्माणको बाकी कामका लागि संजालकी संरक्षक मीना पुलामीले ५१ हजार १ हजार१ सय ११ रुपैया हस्तान्तरण पनि गरेकी थिइन् ।