धरान: धरानमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ७ जना एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा स्वाब लिएकाहरुका हुन् भने अन्य सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समुहले सुझावसहित अवधारणा पत्र बुझाएको छ । आज दिउँसो प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई १८ बुँदे सुझावहरुसहित प्रतिष्ठान बेथिती अन्त्यको लागि दबाब समुहले अवधारणा पत्र बुझाएको हो । दबाब समुहका सं ...
पृष्ठभूमिः सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि गठन गरिएको वीपी प्रतिष्ठान सुधार दबाब समुहले मागसहितको अवधारणा पत्र बुझाउने भएको छ । दबाब समुहको आज बसेको पहिलो बैठकले भोली (आइतबार) प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरुसहित अवधारणा पत्र बुझाउने निर्णय गरेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सककले कोभिड १९ अस्पतालमा स्वास्थ्यकर्मीहरुको डेडिकेटेड टिम आवश्यक भएको बताएका छन् । प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा.रोशन कलवरले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै कोभिड अस्पतालमा डेडिकेटेड टिमको अभाव महसुस भइरहेको टिप् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडको उपचार सेवा विस्तारको काम भइरहेको जनाएको छ । कोभिड अस्पतालको बेथितीबारे चौतर्फी विरोधसँगै नागरिक समाजबाट वीपी प्रतिष्ठान सुधार दबाब समुह गठन भएपछि आज प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड विरामीको चापला ...
धरान: पेट असाध्यै दुखेपछि इटहरीका सञ्चारकर्मी कृष्ण भट्टराई बिहिबार हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन ओपिडीमा जचाउन आए । ओपिडीमा चिकित्सकले आवश्यक जाँच पछि भिडियो एक्स रे गरेर मात्र औषधी प्रेस्काइब गर्ने सुझाए । चिकित्सकको सुझाव पछि भट्टराई भिडियो एक्स रे गर्न गए । त्यहा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन आएको करिब ७ महिना पछि संक्रमित राख्ने बेडमा अक्सिजन पाइपलाइन जडान गर्न थालिएको छ । कोभिड अस्पतालमा अक्सिजन पनि नपाएर संक्रमितहरुले ज्यान गुमाउन थालेपछि चौतर्फी आलोचना र दबाब परेपछि मात्र प्रतिष्ठानले सबै बेडमा अक्सिजन पाइपला ...
धरान: दशैंअघि नै सुनसरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फडिन्द्रमणी पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएर कोभिड अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिएका थिए । प्रतिष्ठानभित्रै संक्रमण संख्या बढ्दै गएको कारण गेटदेखि नै सेनिटाइज गर्ने व्यवस्था मिलाउन, भेन्टिलेटर तत्काल सु ...
धरान: कोरोना भाइरसबाट धरानमा मात्र संक्रमित हुनेको संख्या २६ सय नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४५ पुगिसकेको छ । संक्रमणबाट मृत्यु दर बढ्दै जादा धरानेहरुको तारोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिरहेको छ । वीपी प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिन्छ । यद्यपी, य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित