धरान: धरानमा पनि एक कोरोना संक्रमण भएको पाइएको छ । धरानकी एक महिलामा कोरोना पोजेटिभ भेटिएको हो । उनले आफ्नो ठेगाना धरान वडा नं १३ लेखाएकी छिन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन पुगेकी एक महिलाको परीक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँ ...
विराटनगर: प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ...
धरान: जिल्ला अस्पतालका धनकुटामा कार्यरत हिजो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड सिल छ । यही कारणले आज प्रसुती विभागले ओपिडी सेवा पनि रोक्यो । गाइनो वार्ड सिलसँगै ओपिडी सेवा पनि रोकिए ...
धरान: सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमित भएको पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन बन्द गरी सिल गरिएको बराहक्षेत्र नगरपालिका ...
धरान: जिल्ला अस्पताल धनकुटामा तीन दिनदेखि स्वास्थ्यकर्मीसहित डेढ सयको हाराहारीमा लक भएर बसेका छन् । जिल्ला अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार रातीदेखि जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई चारकिल्ला कायम गरि प्रशासनले सिल गरेको थियो । त्यसपछि अस्पतालबाट र घरबाट कोही पनि ब ...
धरान: धनकुटा जिल्ला अस्पतालका थप स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण भएको रिपोर्ट आएलगत्तै आज मंगलबार राती धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्ड फेरि सिल गरिएको छ । प्रतिष्ठानको गाइनो वार्डमा उपचाररहत एक महिलाको कन्ट्याक्ट धनकुटाका संक्रमित स्वास्थ्यकर्मीमध्ये एक जनासँग देख ...
धरान: धनकुटा जिल्लामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला अस्पताल आसपासको क्षेत्र सिल गरिएको थियो भने ८३ जनाको स्वाब परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य व ...
सुनसरीः पश्चिम कुसाहास्थित सशस्त्र प्रहरी बलको यूनिटमा कार्यरत सबै जवानहरुको कोरोना परिक्षणका लागि अहिले स्वास्थ्यकर्मीको टोली पुगेको छ । विरामी सहकर्मीलाई अस्पताल लिएर पुगेका मोरङको पथरी निवासी सशस्त्रका हवल्दारमा कोरोना पोजेटिभ भेटिएपछि एउटै पोस्टमा कार्यरत सबै सहकर्मीको स्वाव परिक्षणका लागि स्वा ...
धरान: नेपालमा २७ जना कोरोना संक्रमितहरु थपिएका छन् । कोरोना सक्रमितहरुको संख्या चार सय नाघेर ४०२ पुगेको छ । संक्रमितहरुको उमेर १७ देखि ४२ बर्ष उमेरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार झापामा ९, कपिलवस्तुमा ४, काठमाण्डौंमा ३, सर्लाही ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो । त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित