धरान: ब्राउन सुगरसहित धरान १३ बाट पक्राउ परेका एक युवतीसहित तीन जनालाई ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान १४ बाँझगराका ४३ बर्षीय घनश्याम राई, धरान १३ का २९ बर्षीय मन्दिप मगर र धरान १३ की २५ बर्षीय समिया लिम्बु रहेका छन् । उनीहरुलाई हिजो राती करिब ...
सुनसरी: सुनसरीको धरान उपमहानगरपालिका १३ बाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेटसहित ३ जना परेका छन् । धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान १३ की २६ बर्षीया समि ...
धरान: मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा आज दिइएको विदा सरकारले सच्याएको छ । गृहमन्त्रालयले सुचना जारी गर्दै आज आइतबारको सट्टा सोमबार सार्वजनिक विदा कायम गरिएको जनाएको छ । सरकारले ईदको अवसरमा आज सार्वजनिक विदा दिएको थियो । तर, दक्षिण एसियाबाट हिजो चन्द्रमा नदेखिएको कारण मुस्लिम समुदायले उक्त ...
धरानः धरान उपमहानगरपालिकाले बितरण गर्न लागेको तेस्रो चरणको राहतमा धरान ११ सिदिङ्बा चोकका भुपु बृटिश आर्मी एवं स्थानीय समाजसेवीहरुले पनि सहयोग गरेका छन् । उनीहरुले वडा नम्बर ११ को फुड बैंकमा ९ सय केजी चामल सहयोग गरेका छन् । पुर्व ब्रिटिश आर्मीहरु मदन राई, गणेश बहादुर मेन्याङ्बो, बिष्णु सुब्बा, ...
धरान: एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका समाजवादी युवा संघका प्रदेश १ अध्यक्ष श्री सुब्बालाई ७ दिनको म्याद थप भएको छ । आज सुनसरी जिल्ला अदालतले सुब्बालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एक ८ बर्षी नाबालिकालाई बलात्कार गरेको उजुरी ...
झापा: झापाको गौरादह ४ मा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार रहेका छन् । उनीहरुलाई हिजो राती १० बजे रमेश दर्जीको घरमा तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा दु ...
विराटनगरः मोरङमा रहेका १५ हजार भारतीयलाई कसरी स्वदेश फर्काउने भन्ने बारे दुुई देशबीच छलफल चलिरहेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका ती नागरिकलाई आफ्नो देश फर्काउन उच्चस्तरीय तहबाट छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिएका छन् । ‘विभिन्न उद्योगमा काम गर्ने व्यक्तिहरु ...
झापा: झापाको कचनकवल ७ का ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ करिब ५ बजे दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलार्इ एक्कासी हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...
नेपालगन्ज: भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा २५ वर्षीय युवाको आज बिहान करिब ४ बजे मृत्यु भएको हो । उनको स्वाब हिजो मात्र संकलन गरिएको थियो । पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । त्यसैले उनको मृत्युको ...
धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएको र एक सुत्केरी महिलाको निधनसमेत भएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । आज साँझ ५ बजे मन्त्रीपरिषद बैंठक बस्दैछ । उक्त बैठकले लकडाउनबारे निर्णय गर्नेछ । बैठकमा सीमानाकालाई अझै कडाई गर्ने र कोरोना प्रभावित क्षेत्रको आधारमा लकडाउनलाई अझ प्रभावका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित