उदयपुर: उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् ।

आज बिहान ७ बजे तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोली उनको घर पुगेको थियो । महिलालाई धारिलो हतियार प्रहार गरेको तथ मृत रहेको अवस्थामा थिइन् । महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।