विराटनगर: प्रदेश नं. १ मा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरंगकै बुढीगंगामा १० पुरुष र बेलबारीमा १ पुरुष पोजेटिभ देखिएको छ ।
यस्तै, सुनसरीको दुहवीमा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको छ भने धरानमा २ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष पोजेटिभ देखिएका् छ । यस्तै, सुनसरीको स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष र ३ महिला, त्रियुगामा ३ महिला र ५ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको मेचीनगरमा १ महिला र १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।