धरान: कोरोना संक्रमण तीब्रदरमा बढ्दै गएपछि लकडाउन गरिएको सुनसरीमा काठमाण्डौंलगायत अन्य जिल्ला वा भारतबाट लुकीछिपी आएकाहरुलाई निगरानी गरि क्वारेन्टिनमा राखिने भएको छ । डिसिसिएमसि बैठकले कोरोना रोकथान तथा नियन्त्रण गर्नको लागि यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्ष ...
धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको पनि मृत्यु भएको छ । आज दिउँसो करिब १ बजे धरान १२ का ७१ बर्षीय वृद्धको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार मृतकलाई बैशाख २० गते पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आए पछि कोभिड अस्पताल भर्ना ...
धरान: कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुने गरि जारी गरेको लकडाउन गरेको छ । बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरिएको छ भने खा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातीदेखि जिल्लाभर बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेको छ । डिसिसिएमसि बैठक पछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राती(बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश जारी गरेका हुन् । यो अवधिमा औषधी, ...
धरान: सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाको अवधि बैशाख ...
धरान: धरानमा खानेपानीको उत्पादन वृद्धि गर्न सर्दु खोलाको मुहानमा मर्मत कार्य शुरु भएको छ । खानेपानीको चरम अभाव भोगी रहेको धरानबासीहरुलाई सहज एवं पर्याप्तरुपमा खानेपानी वितरण गर्नको लागि खानेपानी व्यवस्थापन बोर्डले पानीको स्रोत बढाउन सर्दुको मुहान मर्मत शुरु गरेको हो । मुहान मर्मत भइरहेको क्षेत् ...
धरान: कोभिड १९ को दोस्रो लहर तीब्र दरमा बढ्दै गएपछि धरानमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संलकन फारम भराउने कार्य स्थगित भएको छ । आज नगरीस्तरीय भुमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठकले एक सातादेखि धरानको वडाहरुमा जारी लगत संकलन भोली मंगलबारदेखि स्थगन गर् ...
धरान: नगरको सौन्दर्य कुरुप बनाउने गरि धरानको भानुचौक आसपास विजुलीको पोलमा अस्तब्यस्त रहेको तारहरुलाई व्यवस्थित गर्ने कार्य शुरु भएको छ । निषेधाज्ञाको बीचमा एक समिति गठन गरि अव्यवस्थित तारहरुलाई आज आइतबारदेखि व्यवस्थित गर्न शुरु गरिएको हो । ढल्न लागेको एउटा पोल हटाउनुका साथै तारलाई व्यवस्थित गरि ...
धरान: प्रहरीले धरानमा निषेधाज्ञालाई कडाईका साथ लागु गर्न थालेको छ । बिशेष गरि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गर्न प्रहरीले कडाई गरेको हो । आज बिहान डेढ सयभन्दा बढी जोर नम्बरको मोटरसाइकल तथा साना सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आज विजोर गते (१९ गते) भएकोले अन्तिम विजोर नम्बर भए ...
धरान: अस्तब्यस्त रहेको धरानको भानुचोक, घण्टाघर आसपासका विजुलीको पोलमा झुण्डिएका तारहरुलाई व्यवस्थित गरिने भएको छ । नेपाल विद्युत प्रधिकरणको धरानस्थित कार्यालयमा हिजो(शनिबार) केवल, टीभी तथा ईन्टरनेट सेवा प्रदायक लगायतका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । उक्त वैठकले प्राधिकरणको धरान व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित