धरान: कोरोना संक्रमित पुष्टि भएको व्यक्तिलाई अस्पताल तथा सम्बन्धित ठाउँसम्म लैजान धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । धरानकी संक्रमित महिलालाई अस्तपाल लैजान एम्बुलेन्स नपाउदा चौतर्फी आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ र उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको बैठकले यस्तो निर ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु पुष्टि भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युको पुष्टि भएको हो । उनको आज बिहान मृत्यु भएको पुष्टि अस्पताल प्रशासन एवं प्रदेश ५ सामाजिक विकास मन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवक्तामा डा.निदेश सापकोटा नियुक्त भएका छन् । प्रतिष्ठानको मानसिक विभागका एडिस्नल प्रोफेसर डा.सापकोटालाई उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले प्रवक्तामा नियुक्त गरेका हुन् । डा.सापकोटालाई उपकुलपति डा.गिरीले आजै प्रवक्तामा नियुक्त गरेको पत्र थमा ...
धरान: प्रदेश १ का कोरोना संक्रमित व्यक्तिहरुलाई अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । यसअघि भने कोरोना संक्रमित व्यक्तिहरुलाई प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोभिड १९ उपचार केन्द्रमा राखिने गरिएको थियो । उक्त कोभिड अस्पताल ५० बेड क् ...
धरान: कोरोना संक्रमण पुष्टि भएको करिब १८ घण्टा पछि धरान १३ की संक्रमित महिलालाई अस्पताल लगिएको छ । उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समार्फत आज बिहान साढे १० बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिने भएको छ । रेडक्रस सोसाइटीको को १ च ९ ...
धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ । हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्ड पुनः सुचारु भएको छ । हिजो जिल्ला अस्पताल धनकुटाका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि रातीदेखि नै गाइनो वार्ड दोस्रो पटक सिल गरिएको थियो । ती गर्भवती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए ...
धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ । ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल ...
धरान: कोरोना संक्रमित एक महिला पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सर्तकता अपनाउन तथा लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरबासीमा अपिल गरेको छ । मेयर तिलक राईले अपिल जारी गर्दै कोभिड १९ को संक्रमणबाट धरान अछुतो रहन नसकेकोमा दुःखसमेत व्यक्त गरेका छन् । उनले घरमै बसेर स्वास्थ्यकर्मी तथा विज्ञहरुले दिएको ...
धरान: कोरोना संक्रमण भएको भनिएको महिला धरान १३ शिवधारा क्षेत्रको भएको खुलेको छ । त्यसक्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानका अनुसार त्यसक्षेत्रमा आवागमन बन्द गर्न प्रहरी परिचालन गरिएको छ । साथै, वीपी प्रतिष्ठानसँग समन्वय गरेर अस्पताल पठाउन प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित